सानो बजार स्टार्टअपका लागि सुखद

अहिले सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, शिक्षा–प्रविधि, वित्तीय–प्रविधिलगायत क्षेत्रमा स्टार्टअप कम्पनीहरुको वर्चस्व छ । लजिस्टिक्समा ‘उपाय’ जस्ता कम्पनी खुलेका छन् भने वीरगन्ज, बुटवल, विराटनगरलगायत सहरमा स्थानीय फुड डेलिभरी सेवा प्रदायकहरु सञ्चालनमा आइरहेका छन् । ई–कमर्समा पनि प्रशस्तै नयाँ स्टार्टअप कम्पनी दर्ता भइरहेको पाइन्छ । काठमाडौंमा स्टार्टअपलाई सघाउन मनग्गे बुट क्याम्प, एक्सिलेरेसन र स्केलिङका कार्यक्रमसँगै तालिम र सीप विकासका पहल भइरहेका छन् । कलेजहरुमा इन्क्युबेसन सेन्टर र इन्नोभेसन ल्याबहरु स्थापना भएको देखिन्छ ।

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए।  

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय अवसर खोज्दै विदेश पुगे । विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुगेका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाए । उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्किएका उनी यतिबेला गाउँमै माछापालनमा रमाएका छन् ।

आवश्यकता नयाँ सोचको

देशभित्र रोजगारी सिर्जना, मूल्य अभिवृद्धि गराएर वस्तु आयातलाई निरुत्साहित गर्नु सरकारको प्रमुख लक्ष्य हो । आन्तरिक उत्पादन प्रतिस्पर्धी बनाउन सरकारले लिएको नीतिले देशभित्र रोजगारी सिर्जना भएको छ ।

सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रूपमा विकास हुनुपर्छ

अहिलेको चिकित्सा शिक्षा ऐनकै कुरा गर्ने हो भने नर्सिङ पढाउनका लागि एक सय शैय्यासम्मको अस्पताल चाहिन्छ । एमबिबिएस कार्यक्रमका लागि तीन सय शैय्या न्यूनतम् रुपमा सञ्चालनमा हुनुपर्छ ।

श्रमबजारको हल्ला र वास्तविकता

नेपालमा काम गर्ने उमेरको जनसंख्या २ करोड ७ लाख छ । यसको अर्थ करिब २ करोड ७ लाख नेपाली १५ वर्ष माथिका छन् र काम गर्न सक्षम छन् । तर, वास्तविक श्रमशक्ति भने ७९ लाख ९४ हजारमात्र रहेको छ ।

'जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस्'

हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौँ । प्रश्न गरेका हुन्थ्यौँ । आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दैगर्दा मैलै गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ ।

अर्थतन्त्र सुधारलाई सबैको हातेमालो

सहकारीले बिनानियमन भएको बचतलाई घरजग्गामा लगानी गरे । यसले घरजग्गा कारोबारमा मन्दी हुनेबित्तिकै सहकारीहरु अप्ठ्यारोमा परे । केही साना व्यापार व्यवसायमा लघुवित्तबाट ठूलो मात्रामा लगानी गरियो । साना उद्योगी व्यवसायहरु समस्यामा पर्दा लघुवित्त समस्यामा परेका छन् । त्यसैले लघुवित्त तथा सहकारीमा नियमन र अनुशासनको अभाव देखियो ।

नेपाल पत्रकार मञ्चले ‘पत्रकार स्वास्थ्य उपचार कोष’ बनाउने

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले खडा गरिने उक्त कोष निर्माण गर्न मञ्चकी सचिव मनुका कुँवरको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसानमा थपेको खुसी

खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरिन्।