काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी एक्सट्रीम इनर्जी ड्रिङ्कसँग आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवा पुस्तामाझ खेलकुदप्रतिको ऊर्जा बढाउने उद्देश्यले कम्पनीले उनीहरूलाई ‘टिम एक्सट्रीम’ को सदस्यका रूपमा अनुबन्ध गरेको हो।
काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजित एक विशेष कार्यक्रमबीच एक्सट्रीम इनर्जी ड्रिङ्क र खेलाडीहरूबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, करण केसी, शेर मल्ल, ईशान पाण्डे र लोकेश बम यस अभियानमा जोडिएका छन्।
यस सहकार्यसँगै अब यी ९ खेलाडीहरूले मैदानमा प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिङ्कको लोगो अङ्कित हुनेछ। साथै, कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्डिङ तथा खेलकुदसम्बन्धी गतिविधिहरूमा पनि उनीहरूको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।
नेपाली क्रिकेटमा खेलाडीहरूको बढ्दो लोकप्रियता र युवा पुस्तामाथिको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ।
यसैबीच, कम्पनीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) का सातै फ्रेन्चाइज टोलीलाई समेटेर आफ्नो इनर्जी ड्रिङ्कको विशेष संस्करण (स्पेसल एडिसन क्यान) समेत सार्वजनिक गरेको छ। एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउन र समर्थकहरूसँगको सम्बन्धलाई नजिक ल्याउन सम्बन्धित टोलीको पहिचान झल्किने क्यान बजारमा ल्याइएको हो।
युवाको ऊर्जा र खेलप्रतिको जोशलाई ब्रान्डसँग जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायतका खेल गतिविधिमा निरन्तर सहयोग गर्ने एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतिबद्धता जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’