लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनीलाई एकतर्फी रूपमा पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले एक विकेट पनि नगुमाई मात्र १३ दशमलव ३ ओभरमा पूरा गर्यो। सुदूरपश्चिमको सानदार जितमा ओपनर जर्ज मन्सेले ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १ सय २५ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनलाई विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाएर साथ दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ र कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।
लगातार तीनै संस्करणको फाइनलमा पुगेको सुदूरपश्चिमले यसअघिका दुई फाइनलमा भोगेको हारको पीडा बिर्साउँदै यसपटक उपाधि उचाल्न सफल भएको हो।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ
-
कात्तिकमा ६५ हजार ८०८ नेपालीले लिए श्रम स्वीकृति, युएई र कतार प्रमुख गन्तव्य
-
एकै वर्षमा २० अर्बका नोट ‘धुल्याइयो’ : क्यूआरको जमानामा पनि बजारमा किन थुप्रिँदै छ ८ खर्बको नगद ?
-
सामान्य रुघाखोकीमा पनि एन्टिबायोटिक? ‘भोलि विकराल अवस्था आउन सक्छ, आजै रोकथाम गरौँ’
-
एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबिच निर्णायक भिडन्त
-
ठगी र विदेशी मुद्रा अपचलन प्रकरण: दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्च अधिकारी पक्राउ
-
पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने कार्ययोजना अघि बढ्यो, आफैं उपाधि बाँड्न पाउने