काठमाडौं । पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले टोकियोस्थित जापान फाउन्डेशन र जापान फाउन्डेशन सेन्टरसँग सोही दिन उनीहरूका कार्यालयहरूमा उच्चस्तरीय भेटवार्ता गरेकी छिन्। उक्त भेटवार्ताले सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी संवादलाई अघि बढाएको छ।
जापानको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको तथा २५ भन्दा बढी देशहरूमा विश्वव्यापी उपस्थिति रहेको संस्थाका रूपमा परिचित जापान फाउन्डेशनसँगको बैठकमा नेपाल–जापान सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित छलफल भएको थियो। दुवै पक्षबीच सांस्कृतिक कूटनीति, शैक्षिक आदान–प्रदान तथा बौद्धिक सहकार्यका क्षेत्रमा सहकार्यका अवसरहरूबारे विचार–विमर्श भयो। पूर्वराजदूत डा. ढकालले इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी) को भूमिकाबारे प्रकाश पार्दै नेपाल र जापानबीच सांस्कृतिक कूटनीति सुदृढ गर्न संयुक्त रूपमा काम गर्ने साझा रुचि व्यक्त गरे।

यसअघि राजदूत डा. ढकालले जापान फाउन्डेशन सेन्टर (जेएफसी) को पनि भ्रमण गरेका थिए। जापानका करिब ३०० परोपकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने अग्रणी मञ्चका रूपमा रहेको उक्त केन्द्रसँगको छलफल जापानको परोपकारी परिदृश्यबारे समझदारी अभिवृद्धि गर्ने तथा विकास सहकार्य, अनुसन्धान र विश्वव्यापी संवादजस्ता क्षेत्रमा सदस्य फाउन्डेशनहरूसँग सम्भावित साझेदारीको खोजीमा केन्द्रित थियो। आइआरजीडीडी सह–संस्थापक विमल ढकालले पनि बैठकहरूमा सहभागिता जनाउँदै जापान र नेपालबीच संस्थागत साझेदारी प्रवद्र्धन तथा संयुक्त पहलहरू विस्तार गर्ने विषयमा आफ्नो धारणा राखे।

यी उच्चस्तरीय भेटवार्ताहरूले सांस्कृतिक, बौद्धिक तथा विकासमुखी सहकार्यमार्फत नेपाल–जापान सम्बन्ध थप गहिरो बनाउने प्रतिबद्धता झल्काउँछन्।
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ
-
कात्तिकमा ६५ हजार ८०८ नेपालीले लिए श्रम स्वीकृति, युएई र कतार प्रमुख गन्तव्य
-
एकै वर्षमा २० अर्बका नोट ‘धुल्याइयो’ : क्यूआरको जमानामा पनि बजारमा किन थुप्रिँदै छ ८ खर्बको नगद ?
-
सामान्य रुघाखोकीमा पनि एन्टिबायोटिक? ‘भोलि विकराल अवस्था आउन सक्छ, आजै रोकथाम गरौँ’
-
एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबिच निर्णायक भिडन्त
-
ठगी र विदेशी मुद्रा अपचलन प्रकरण: दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्च अधिकारी पक्राउ
-
पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने कार्ययोजना अघि बढ्यो, आफैं उपाधि बाँड्न पाउने