काठमाडौं । नेपालको सबैभन्दा ठुलो टी–२० प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) मा अष्ट्रेलियन धुरन्धर ब्याट्सम्यान क्रिस लिनले धमाकेदार प्रवेश गरेका छन्। सुदूरपश्चिम रोयल्सले उनलाई दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको घोषणा गरेको छ।
लिनले आफ्नो आक्रामक ब्याटिङका कारण विश्व क्रिकेटमा अलग्गै पहिचान बनाएका छन्। उनले टी–२० फ्रेन्चाइज क्रिकेटमा अहिलेसम्म २९३ खेल खेल्दै ८,००० भन्दा बढी रन बनाइसकेका छन्। साथै, उनले अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्।
अष्ट्रेलियन बिग ब्यास लिग (BBL) मा उनी सबैभन्दा बढी रन बनाउने तथा सबैभन्दा धेरै छक्का हिर्काउने खेलाडीको कीर्तिमान बोकेको छन्। साथै, उनले इन्डियन प्रिमियर लिग (IPL) लगायत विश्वका धेरै फ्रेन्चाइज लिगहरूमा खेल्ने अनुभव पनि हासिल गरिसकेका छन्।
सुदूरपश्चिम रोयल्सका मालिक सुवनन्तुर पुरतात शाहले भने,
“बिग ब्यास लिगमा धमाका मच्चाएका क्रिस लिनलाई हाम्रो टिममा भित्र्याउन पाउँदा हामी निकै उत्साहित छौं। उनको उपस्थितिले टिमलाई अझ बलियो बनाउनका साथै नेपाल प्रिमियर लिगको स्तर नै फरक पार्ने विश्वास लिएका छौं।”
यसैबीच, क्रिस लिनले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने,
“नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै रोमाञ्चित छु। यहाँको क्रिकेटप्रेमीहरूको उत्साह र अनुभवी खेलाडीहरूसँगै खेल्न पाउनु अविस्मरणीय हुनेछ।” लिनको आगमनसँगै नेपाल प्रिमियर लिगमा यो सिजन धमाका हुने लगभग पक्का देखिन्छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”