काठमाडौं, १४ वैशाख । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता छिट्टै नवीकरण हुने स्पष्ट पारेको छ। त्रिविले मैदान खाली गर्न भन्दै क्यानलाई पत्राचार गरेपछि उब्जिएको अन्योललाई चिर्दै मन्त्री सस्मित पोखरेलले क्रिकेट मैदान खाली गराउने नभई सम्झौता नवीकरण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
सोमबार बिहान त्रिविका उपकुलपतिसहितका उच्च पदाधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले मैदानको विषयमा सकारात्मक निष्कर्ष निस्किएको बताए।
“आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो, जसमा सकारात्मक कुरा भएको छ। मैदान खाली गराउने हैन, भाडा सम्झौता रिन्यू गर्ने हो,” मन्त्री पोखरेलले भने, “यसमा राज्यको यत्रो लगानी भएको छ, यो राज्यकै संरचना हो। त्यसैले लिज एग्रिमेन्ट पुनः गराउनुपर्नेछ।”
यसअघि, सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो जग्गामा रहेका संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो। सोही सूचना र निर्णयका आधारमा त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गतको सामान्य प्रशासन महाशाखाले क्यानलाई समेत पत्राचार गर्दै मैदान खाली गर्न भनेको थियो।
त्रिवि र क्यानबीच कीर्तिपुर मैदान प्रयोगका लागि गरिएको हालको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ। सम्झौता सकिनै लाग्दा त्रिविले जग्गा खाली गर्न पत्राचार गरेपछि नेपाली क्रिकेट वृत्तमा ठूलो चिन्ता छाएको थियो। तर, मन्त्री पोखरेलको यस प्रस्टीकरणसँगै कीर्तिपुर मैदानको भोगाधिकारलाई लिएर देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित