काठमाडौं, १४ वैशाख । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता छिट्टै नवीकरण हुने स्पष्ट पारेको छ। त्रिविले मैदान खाली गर्न भन्दै क्यानलाई पत्राचार गरेपछि उब्जिएको अन्योललाई चिर्दै मन्त्री सस्मित पोखरेलले क्रिकेट मैदान खाली गराउने नभई सम्झौता नवीकरण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
सोमबार बिहान त्रिविका उपकुलपतिसहितका उच्च पदाधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले मैदानको विषयमा सकारात्मक निष्कर्ष निस्किएको बताए।
“आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो, जसमा सकारात्मक कुरा भएको छ। मैदान खाली गराउने हैन, भाडा सम्झौता रिन्यू गर्ने हो,” मन्त्री पोखरेलले भने, “यसमा राज्यको यत्रो लगानी भएको छ, यो राज्यकै संरचना हो। त्यसैले लिज एग्रिमेन्ट पुनः गराउनुपर्नेछ।”
यसअघि, सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो जग्गामा रहेका संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो। सोही सूचना र निर्णयका आधारमा त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गतको सामान्य प्रशासन महाशाखाले क्यानलाई समेत पत्राचार गर्दै मैदान खाली गर्न भनेको थियो।
त्रिवि र क्यानबीच कीर्तिपुर मैदान प्रयोगका लागि गरिएको हालको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ। सम्झौता सकिनै लाग्दा त्रिविले जग्गा खाली गर्न पत्राचार गरेपछि नेपाली क्रिकेट वृत्तमा ठूलो चिन्ता छाएको थियो। तर, मन्त्री पोखरेलको यस प्रस्टीकरणसँगै कीर्तिपुर मैदानको भोगाधिकारलाई लिएर देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करणलाई शुभकामना, विदेशी खेलाडीलाई स्वागत
-
बाढीको प्रभावका बाबजुद तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, असोजमै झण्डै ६ अर्ब आम्दानी
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’