काठमाडौं । एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कसैको जीवनमा कति ठूलो खुसी ल्याउन सक्छ ? नुवाकोट, ककनीका प्रदीप लामा यसको जिउँदो उदाहरण बनेका छन्। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ उपहार योजनाअन्तर्गत प्रदीपले बम्पर पुरस्कारस्वरूप चमचमाउँदो ‘प्रोटोन कार’ जितेका छन्।
“सपनामा पनि सोचेको थिइनँ…”
कार जितेपछि खुसीले गदगद भएका प्रदीपलाई सुरुमा त यो खबर पत्याउनै गाह्रो भयो। “एउटा क्यान खरिद गर्दा यति ठूलो पुरस्कार प्राप्त होला भन्ने मैले कल्पनासमेत गरेको थिइनँ,” उनले भने, “कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन। यो मेरो मात्र होइन, मेरो सिङ्गो परिवारका लागि निकै खुसीको क्षण हो।” उनले आफ्नो भाग्य चम्काइदिएकोमा म्याक्स टाइगरलाई विशेष धन्यवाद दिएका छन्।
देशैभर पुरस्कारको वर्षा : २८ जनाले पाए बाइक र स्कुटर
म्याक्स टाइगरको यो धमाकाले प्रदीपलाई मात्र होइन, देशका विभिन्न कुनाका अन्य २८ जनालाई पनि भाग्यमानी बनाएको छ। अभियानअन्तर्गत हालसम्म १६ जनाले ब्रान्ड न्यु मोटरसाइकल र १२ जनाले स्कुटर आफ्नो पोल्टामा पारिसकेका छन्।
विराटनगरदेखि धनगढीसम्मका उपभोक्ताले यी आकर्षक पुरस्कार जितेका छन्। मोटरसाइकल जित्नेमा जनकपुरका कुटाल्या कुमार सिंह, दाङका राजेन्द्र शर्मा, काठमाडौंका विनोद ढुंगेल लगायत १६ जना छन् भने, स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, पोखराकी अनिशा मिजार, सुर्खेतका झक्कड थापामगर लगायत १२ जना रहेका छन्।
अफर अझै सकिएको छैन, ८ वटा सवारीसाधनले गर्दैछन् नयाँ मालिकको पर्खाइ !
यदि तपाईंले अहिलेसम्म यस योजनामा भाग लिनुभएको छैन भने निराश हुनुपर्दैन। कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’ अन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा कार वितरण गर्ने योजना थियो। कार र २८ वटा दुईपाङ्ग्रे सवारीसाधन वितरण भइसके पनि अझै २ वटा मोटरसाइकल र ६ वटा स्कुटर जित्न बाँकी नै छ।
बाँकी रहेका यी ८ वटा सवारीसाधनले आफ्ना नयाँ मालिक पर्खिरहेका छन्। त्यसैले, म्याक्स टाइगर पिउँदै यस आकर्षक अफरमा सहभागी भई आफ्नो भाग्यको परीक्षा गर्न कम्पनीले सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ। कोलाई थाहा छ, अर्को मोटरसाइकल वा स्कुटरको चाबी तपाईंको हातमा पो पर्ने हो कि !
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
Unlock Big Wins: Discover the Thrills of Mostbet Casino Today
-
एनपीएल क्वालिफायर: फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम आज भिड्दै, लुम्बिनीलाई जितको ह्याट्रिक गर्ने अवसर
-
एउटै क्यानले चम्कायो भाग्य : म्याक्स टाइगर पिउँदा ककनीका प्रदीप लामाले जिते ‘प्रोटोन कार’, २८ जनाले पाए बाइक र स्कुटर !
-
भारत, चीन र इजरायलका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण
-
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्था र निष्ठाको महापर्व छठ विधिवत् रूपमा सम्पन्न
-
म निश्चित अवधिका लागि सभामुख हुँ, मेरो सामाजिक धरातल भुल्दिनँ’ : डीपी अर्याल
-
प्रविधि र विकासको चिनियाँ मोडल बुझ्न रास्वपाका २० सांसद चीन उडे
-
वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए
-
एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो
-
नेवार समुदायमा आज ‘म्हः पूजा’ मनाइँदै, शंखधर साख्वाले सुरु