बारा। सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले समाजमा सुशासन कायम गर्दै सम्पूर्ण नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।
बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताउनुभएको हो। उहाँले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार रहने स्पष्ट पार्नुभयो।
भेटघाटका क्रममा उहाँले आफू निश्चित अवधिका लागि मात्र सभामुखको जिम्मेवारीमा रहेको स्मरण गर्दै आफ्नो सामाजिक धरातल कहिल्यै नबिर्सने बताउनुभयो। “म निश्चित अवधिका लागि सभामुख भएको हुँ, तर मेरो धरातल एउटा साधारण नागरिकका रूपमा यही समाजमा छ। हिजोको मेरो हुर्काइ र भोलि पनि यही समाजमा तपाईँहरूसँगै मिलेर बस्नुपर्ने कुरा म कदापि भुल्न सक्दिनँ,” सभामुख अर्यालले भन्नुभयो।
नेपालले आर्थिक रूपमा अझै धेरै प्रगति गर्न बाँकी रहे तापनि धर्म, संस्कृति, सम्पदा र विविधताबीचको सामाजिक एकता नै देशको विशिष्ट पहिचान भएको उहाँले उल्लेख गर्नुभयो। जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने नेपालको उदाहरणीय विशेषता रहेको उहाँको भनाइ थियो।
सभामुख अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माणमा जोड दिँदै नागरिकलाई दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति दिलाउनुपर्ने बताउनुभयो। यसका लागि संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका समस्या तथा गुनासोहरू सम्बोधन गरिनुपर्ने उहाँले प्रष्ट पार्नुभयो।
संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने गरी आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो। विज्ञ तथा सरोकारवालाहरूका सुझाव र अनुभवले भावी पुस्ताका लागि प्रभावकारी र उपयोगी कानुन निर्माण गर्न ठूलो सहयोग पुग्ने सभामुख अर्यालको विश्वास छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
म निश्चित अवधिका लागि सभामुख हुँ, मेरो सामाजिक धरातल भुल्दिनँ’ : डीपी अर्याल
-
प्रविधि र विकासको चिनियाँ मोडल बुझ्न रास्वपाका २० सांसद चीन उडे
-
वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए
-
एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो
-
नेवार समुदायमा आज ‘म्हः पूजा’ मनाइँदै, शंखधर साख्वाले सुरु
-
संसदीय सुनुवाइबाट अस्वीकृत प्रस्तावित राजदूत खरेल न्याय माग्दै सर्वोच्चमा
-
ग्लोबल आइएमई बैंकद्वारा काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवनको निर्माण सुरु
-
साइबर ठगी नियन्त्रण गर्न ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)’ सञ्चालनमा, उजुरीका लागि १२४७ नम्बर
-
चाडपर्वमा इन्धन अभावको चिन्ता नलिनुस् : तिहारको बिदामा पनि खुल्नेछन् आयल निगमका १३ डिपो
-
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट