काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले केही व्यक्ति वा संस्थाले गरेका गैरकानुनी कामलाई लिएर समग्र शैक्षिक परामर्श क्षेत्रलाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इक्यानले २०८१ वैशाख १४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
पछिल्लो समय केही कन्सल्टेन्सी सञ्चालकहरुबाट ठगी, हुन्डी र मानव बेचबिखन जस्ता गम्भीर अपराध भएका समाचारहरु बाहिरिएपछि इक्यानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा कुनै एक व्यक्ति वा संस्थाले गरेको व्यक्तिगत अपराध वा गल्तीलाई लिएर राज्यलाई कर तिरी कानुनसम्मत रुपमा सञ्चालन भइरहेको समग्र शैक्षिक परामर्श व्यवसायलाई नै लाञ्छित गर्नु न्यायसंगत नहुने उल्लेख गरिएको छ ।
इक्यानले ठगी, मानव तस्करी, वा आर्थिक हिनामिना जस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । त्यस्ता आपराधिक कार्यमा संलग्न व्यक्ति वा संस्थालाई इक्यानले कहिल्यै संरक्षण नगर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
यसका साथै, विद्यार्थी तथा अभिभावकलाई सचेत गराउँदै इक्यानले वैदेशिक अध्ययनमा जाँदा नेपाल सरकारबाट अनुमति प्राप्त गरेका र इक्यानको सदस्यता लिएका भरपर्दो संस्थाबाट मात्र परामर्श लिन आग्रह गरेको छ । कुनै पनि कन्सल्टेन्सीसँग आर्थिक कारोबार गर्दा अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्न र नगद लेनदेन नगर्न पनि सुझाइएको छ ।
विगत लामो समयदेखि यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले एउटा छुट्टै ‘शैक्षिक परामर्श बोर्ड’ वा संयन्त्र गठन गर्नुपर्ने इक्यानले आफ्नो पुरानो मागलाई पुनः दोहोर्याएको छ । सरकारी स्तरबाटै छुट्टै संयन्त्र बनाएर नियमन गरिएमा यस क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण हुने इक्यानको विश्वास छ ।
अन्तमा, सञ्चारमाध्यमहरुलाई पनि समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर मात्र सम्प्रेषण गर्न र समग्र व्यवसाय तथा व्यवसायीलाई निरुत्साहित गर्ने गरी समाचार नलेख्न इक्यानले अनुरोध गरेको छ ।
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ
-
कात्तिकमा ६५ हजार ८०८ नेपालीले लिए श्रम स्वीकृति, युएई र कतार प्रमुख गन्तव्य
-
एकै वर्षमा २० अर्बका नोट ‘धुल्याइयो’ : क्यूआरको जमानामा पनि बजारमा किन थुप्रिँदै छ ८ खर्बको नगद ?
-
सामान्य रुघाखोकीमा पनि एन्टिबायोटिक? ‘भोलि विकराल अवस्था आउन सक्छ, आजै रोकथाम गरौँ’
-
एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबिच निर्णायक भिडन्त
-
ठगी र विदेशी मुद्रा अपचलन प्रकरण: दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्च अधिकारी पक्राउ
-
पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने कार्ययोजना अघि बढ्यो, आफैं उपाधि बाँड्न पाउने