काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक र सुविधासम्पन्न कर्पोरेट भवन निर्माणको औपचारिक सुरुवात गरेको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक विशेष समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको शुभारम्भ गर्नुभएको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमसँगै बैंकको भौतिक पूर्वाधार विकासले नयाँ उचाइ लिएको छ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यस अत्याधुनिक भवनमा कुल १२ तला रहनेछन्। जसमा पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला निर्माण हुनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन रहने यस भवनलाई उपत्यकाकै नमुना व्यावसायिक भवन (आइकन) का रूपमा उभ्याउने बैंकको लक्ष्य छ। भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा निर्माण गरिनेछ, जहाँ आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिनेछ।
भूमिपूजा समारोहमा बोल्दै बैंकका अध्यक्ष ढकालले यो संरचना वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्येकै सबैभन्दा आधुनिक र विशाल हुने बताउनुभयो। नयाँ भवन निर्माणसँगै ग्राहकलाई प्रदान गरिने सेवा अझ बढी सहज, प्रविधिमैत्री र प्रभावकारी हुने उहाँको भनाइ थियो। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्राहक तथा कर्मचारीको सुविधालाई केन्द्रमा राखेर पार्किङदेखि भित्री संरचनासम्मको डिजाइनमा आधुनिक इन्जिनियरिङलाई उच्च प्राथमिकता दिइएको र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुँदै वातावरणीय सन्तुलनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिइरहेको ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्रसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ। विश्वभरका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याएर राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको यस बैंकले ‘बैंक अफ द इयर’, लगातार तीन वर्ष ‘बेष्ट बैंक नेपाल’ र ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ जस्ता थुप्रै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत प्राप्त गरिसकेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
संसदीय सुनुवाइबाट अस्वीकृत प्रस्तावित राजदूत खरेल न्याय माग्दै सर्वोच्चमा
-
ग्लोबल आइएमई बैंकद्वारा काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवनको निर्माण सुरु
-
साइबर ठगी नियन्त्रण गर्न ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)’ सञ्चालनमा, उजुरीका लागि १२४७ नम्बर
-
चाडपर्वमा इन्धन अभावको चिन्ता नलिनुस् : तिहारको बिदामा पनि खुल्नेछन् आयल निगमका १३ डिपो
-
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
-
तीन महिनामै १७ अर्ब बढी लागतका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान
-
आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च
-
नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड
-
सरकारको प्रशासनिक सुझबुझ कि कानुनी छिद्रको खेल? यसरी पन्छाइए बहालवाला आईजीपी
-
स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ , प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध