काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षकमा आफ्नो निरन्तरता हुनुपर्ने माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन्।
सरकारले बुधबार कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई सरकारले आइजिपी नियुक्त गरेपछि त्यसलाई बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत गएका हुन्।
अदालत स्रोतका अनुसार रिट निवेदन लिएर कार्की अदालत पुगे पनि दर्ता प्रक्रिया सुरु भएको छैन।
कार्की निकट कानुन व्यवसायीका अनुसार निवेदनमा आफूलाई गैरकानुनी हिसाबले पदमुक्त गरिएको र पदमा पुर्नबहालीको माग गरिएको छ। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।
सरकारले केसीलाई जिम्मेवारी दिएपछि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरेको छ। उनले पदभार समेत ग्रहण गरिसकेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
तीन महिनामै १७ अर्ब बढी लागतका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान
-
आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च
-
नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड
-
सरकारको प्रशासनिक सुझबुझ कि कानुनी छिद्रको खेल? यसरी पन्छाइए बहालवाला आईजीपी
-
स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ , प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध
-
सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी पर्यटकको मृत्यु
-
ग्यास उद्योगहरू एकआपसमा गाभिने : कार्ययोजना पेस गर्न आयल निगमको पत्राचार
-
व्यक्तिगत अपराधलाई लिएर समग्र शैक्षिक परामर्श क्षेत्रलाई बदनाम नगरियोस् : इक्यान
-
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ