• आइतबार, ३१ साउन २०८३
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

    सबलनेपाल संवाददाता
    मंसिर १५ २०८२, सोमबार

    काठमाडौं । ‘जेनजी’ प्रदर्शनीका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए ।

    गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःरुत्थान तथा राहतलगायत कार्यका लागि उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त रकम योगदान गरिएको जनाएको छ । हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij