काठमाडौं ।नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन ‘सीजी मोटोकर्प’ले देशभरका आफ्ना सर्भिस सेन्टरहरूमा ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। वर्षायाममा सवारीसाधनमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न कम्पनीले साउन २७ गतेदेखि २९ गतेसम्म (अगस्ट १२–१४) यो अभियान सञ्चालन गर्न लागेको हो।
क्याम्पअन्तर्गत ग्राहकहरूले आफ्नो गाडीको नि:शुल्क जनरल जाँचका साथै एसी र ब्याट्रीको परीक्षण गराउन सक्नेछन्। मनसुनको समयमा बढी जोखिममा पर्ने ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीको जाँचमा विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। यसका अतिरिक्त, सेवाग्राहीलाई आर्थिक राहत पुर्याउने उद्देश्यले स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सीजी मोटोकर्पका नेसनल सर्भिस म्यानेजर सरोज खड्काले वर्षायाममा सुरक्षित ड्राइभिङलाई प्रोत्साहन गर्न र गाडीको मर्मतसम्भारमा जोड दिन यो क्याम्प आयोजना गरिएको बताए। “नेपालमा मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,” खड्काले भने।
नेपालकै सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस नेटवर्क रहेको सुजुकीका देशभरका कुनै पनि आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकले यो सुविधा लिन सक्नेछन्। क्याम्पमा सहभागी हुनेमध्ये तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिनेछ भने कार केयर र वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे नि:शुल्क तालिमसमेत दिइने कम्पनीले जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”