पोखरा ।सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो। तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक, आप्रवासी स्रोत केन्द्रमा रही सेवा तथा परामर्श दिने सूचना तथा परामर्शकर्मी र मन्त्रालयका कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो ।
तालिममा मानसिक स्वास्थ्य, स्वहेरचाह, सकारात्मक सोच, पेशागत विकास तथा सकारात्मक ऊर्जासँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।
तालिमको पहिलो दिन सावित्री शर्माले मानसिक स्वास्थ्य प्रवद्र्धनका तरिका तथा औजार र स्वहेरचाहसम्बन्धी तरिका तथा क्रियाकलापका विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कार्य वातावरण तथा सहजीकरणमा सकारात्मक सोच विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यतालिकामा समेत मानसिक सुस्वास्थ्य प्रवद्र्धन, स्वहेरचाह र कार्यस्थलमा सकारात्मक सोचका विषय समावेश गरिएको थियो ।
दोस्रो दिन भक्तराज रसाइलीले प्रशंसनीय दृष्टिकोण तथा पेशागत विकासका विषयमा सहजीकरण गर्नुभएको थियो भने पत्रकार तथा उत्प्रेरक सुष्मा पौडेलले सकारात्मक ऊर्जा तथा उत्प्रेरणासम्बन्धी क्रियाकलाप गराउनुभएको थियो। सहभागीहरूका लागि योग तथा साधनासमेत सञ्चालन गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कर्मचारीहरूले आफ्नो तनाव व्यवस्थापन गर्दै खुसी भएर काम गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले सेवाग्राहीसँग प्रत्यक्ष रूपमा काम गर्ने कर्मचारीहरूले मुस्कानसहितको सेवा प्रदान गर्न सकून् र सेवाभावलाई अझ मजबुत बनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।
तालिमपछि कर्मचारीहरूमा सकारात्मक ऊर्जा र उत्साह बढ्ने विश्वास व्यक्त गर्दै सचिव पौडेलले आगामी दिनमा सेवाग्राहीलाई मुस्कानसहित, तनावमुक्त र प्रभावकारी सेवा प्रदान गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा कुनै पनि सम्झौता नगरी निःस्वार्थ भावना र सेवाभावका साथ काम गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयो । सेवाग्राहीलाई प्रदान गरिने सेवा कर्मचारीको व्यवहार र सकारात्मक सोचसँग पनि जोडिने भएकाले आफूले गर्ने कामप्रति जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
तालिमले कर्मचारीहरूलाई कार्यस्थलमा उत्पन्न हुने तनाव व्यवस्थापन गर्न, सकारात्मक सोच विकास गर्न तथा आफ्नो मानसिक स्वास्थ्य र स्वहेरचाहमा ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
-
वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए
-
एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो
-
नेवार समुदायमा आज ‘म्हः पूजा’ मनाइँदै, शंखधर साख्वाले सुरु
-
संसदीय सुनुवाइबाट अस्वीकृत प्रस्तावित राजदूत खरेल न्याय माग्दै सर्वोच्चमा
-
ग्लोबल आइएमई बैंकद्वारा काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवनको निर्माण सुरु
-
साइबर ठगी नियन्त्रण गर्न ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)’ सञ्चालनमा, उजुरीका लागि १२४७ नम्बर
-
चाडपर्वमा इन्धन अभावको चिन्ता नलिनुस् : तिहारको बिदामा पनि खुल्नेछन् आयल निगमका १३ डिपो
-
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
-
तीन महिनामै १७ अर्ब बढी लागतका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान
-
आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च