काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा नेपाल मोबिलिटी एक्सपो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) द्वारा आयोजित यस मेलाको पहिलो दुई दिनमै ६५ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने गाडी तथा मोटरसाइकलको बुकिङ पनि उच्च रहेको आयोजकले जनाएको छ।
मेलामा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ। आयोजकका अनुसार मेलाको पहिलो दिन २९ हजार र दोस्रो दिन ३६ हजार गरी कुल ६५ हजारले एक्सपोको अवलोकन गरेका छन्। ६ दिनसम्म चल्ने यस प्रदर्शनीमा करिब डेढ लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा विशेषगरी नयाँ मोडलका विद्युतीय कार (EV), ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनहरू मुख्य आकर्षणको रूपमा रहेका छन्। अवलोकनकर्ताहरूले ब्रान्डका गाडीहरूको तुलना गर्ने, टेस्ट ड्राइभ गर्ने र बुकिङ गर्ने कार्यमा सक्रियता देखाएका छन्। मेलामा सवारीसाधनका साथै ब्याट्री, टायर, लुब्रिकेन्ट्स र अटो पार्ट्सका स्टलहरूमा पनि भीड लागेको छ।
एक्सपो अन्तर्गत सवारीसाधनको प्रदर्शनी मात्र नभई ‘मोबिलिटी’ सँग सम्बन्धित विभिन्न सिकाइ सत्रहरू (Learning Sessions) पनि सञ्चालन भइरहेका छन्। जसमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ र प्रत्यक्ष वैदेशिक लगानी (FDI) जस्ता महत्वपूर्ण विषयमा सरोकारवाला, सरकारी प्रतिनिधि र विज्ञहरूबीच छलफल भएको छ।
भदौ ३१ गतेसम्म चल्ने यस एक्सपोमा सवारीसाधन खरिद गर्न चाहनेहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले विशेष अफर र सहुलियतपूर्ण कर्जा सुविधासमेत उपलब्ध गराएका छन्। मेलाको सह-प्रायोजकको रूपमा ग्लोबल आईएमई बैंक रहेको छ भने विभिन्न अटोमोबाइल तथा इन्स्योरेन्स कम्पनीहरूले पार्टनरका रूपमा सहकार्य गरेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”