काठमाडौं । विद्युतीय सवारी र नयाँ प्रविधिका गाडीहरूको बृहत् प्रदर्शनीसहित ‘नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। सवारीसाधनलाई विलासिताको वस्तुका रूपमा नभई आवश्यकताका रूपमा हेर्नुपर्ने सन्देशसहित सुरु भएको एक्स्पोको पहिलो दिन मंगलबार २१ हजारभन्दा बढीले अवलोकन गरेका छन्।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) द्वारा आयोजित यस महाकुम्भको उद्घाटन समारोहमा सरकारी अधिकारीहरूले पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। सरकारले चार्जिङ स्टेसनलगायतका पूर्वाधार निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए। उनले अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकास र लगानी सुरक्षित गर्न सरकारले पटक पटक परिवर्तन नहुने ‘स्थिर नीति’ ल्याउनुपर्ने माग गरे। भन्सार विभाग तथा चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले अटोमोबाइल क्षेत्रले देशको कुल राजश्वमा करिब २५ प्रतिशत योगदान गरिरहेको तथ्यांक प्रस्तुत गर्दै यसलाई समग्र आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताए।
एक्स्पोको पहिलो दिन अटोमोबाइलसँग सम्बन्धित विभिन्न ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको छ। मेलामा विशेषगरी विद्युतीय गाडी (EV), ई–स्कुटर, नयाँ प्रविधिका सवारीसाधन र अटो कम्पोनेन्ट्सका स्टलहरूमा दर्शकको उल्लेख्य भीड लागेको छ।
मेलाअन्तर्गत पहिलो दिन ‘आर्थिक वृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी (FDI)’ विषयक प्यानल छलफलसमेत सम्पन्न भएको छ, जसमा अर्थतन्त्र र लगानीबारे मन्थन गरिएको थियो। अवलोकनकर्ताको सुविधाका लागि मेलामै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले विशेष अफरसहितको फाइनान्सिङ सुविधा उपलब्ध गराएका छन्। साथै, सडक दुर्घटनापछिको प्राथमिक उपचार (Basic Life Support) सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”