काठमाडौँ । लामो समयदेखि शिथिल रहेको नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउने उद्देश्यका साथ आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा १८औँ ‘नाडा अटो शो’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा यो बृहत् अटो मेला आयोजना गर्न लागेको हो।
भदौ १४ गतेसम्म चल्ने यस प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टलहरू रहनेछन्। मेलामा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल (LCV) र १२ ब्रान्डका दुईपांग्रे गरी कुल ५० ब्रान्डका सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। यसका अतिरिक्त, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा अटो कम्पोनेन्ट तथा अन्य सरोकारवाला कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।
‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ नाम दिइएको यस पटकको मेलामा अटो व्यवसायीहरूको उत्साहजनक आकर्षण देखिएको छ। नाडाका अनुसार अटो शोमा सहभागी हुन स्टल माग गर्ने व्यवसायीको संख्या अत्यधिक रहे पनि प्रदर्शनीस्थलमा स्थान सीमित भएकाले सबै इच्छुकलाई स्टल उपलब्ध गराउन आयोजकलाई कठिनाइ भइरहेको छ।
स्वदेशी उत्पादनदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्मको बृहत् सहभागिता रहने यस प्रदर्शनीले उपभोक्तालाई एउटै छानामुनि विभिन्न विकल्प दिनेछ। यसले सुस्ताएको समग्र अटोमोबाइल क्षेत्रको व्यापार बढाउन र अर्थतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले राखेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”