काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले ‘नाइमा अटो एक्सपो’को अवसर पारेर नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै व्यक्तिगत गाडी कर्जा (अटो लोन) उपलब्ध गराउने विशेष योजना सार्वजनिक गरेको छ। ग्राहकले आवश्यक कागजात पूरा गरेको अधिकतम् तीन दिनभित्रै कर्जा स्वीकृति प्रदान गरिने बैंकले जनाएको छ।
यस विशेष योजनाअन्तर्गत, ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत मात्र प्रिमियम थपेर कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकको आधारदर घटबढ भएमा सोहीअनुसार ब्याजदर स्वतः समायोजन हुनेछ।
नयाँ विद्युतीय गाडी (ईभी) खरिद गर्न चाहने ग्राहकका लागि भने बैंकले पहिलो ३ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर (फिक्स्ड) ब्याजदरको अफर ल्याएको छ। ३ वर्षपश्चात् भने उक्त कर्जामा बैंकको आधारदरमा अधिकतम २ प्रतिशत मात्र प्रिमियम थप हुनेछ। ग्राहकको सहजताका लागि बैंकले एक्सपोमै स्टल राखेर सीधै कर्जा आवेदन दिन र प्रक्रिया अगाडि बढाउन मिल्ने व्यवस्थासमेत मिलाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित