काठमाडौँ: नृत्य विधामा उत्कृष्ट प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले आयोजित ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि सिनियरतर्फ सुबिक्षा श्रेष्ठ र जुनियरतर्फ श्रीया घिसिङ, शिरिष तामाङ र छिमी ल्हामु ह्योल्मोले चुमेका छन्।
‘भर्सटायल डान्स स्टुडियो’को आयोजनामा सम्पन्न ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले यो सिजनको ताज पहिरिएका हुन्।
प्रतिस्पर्धाको सिनियर विधामा यशोदा गिरी फस्ट रनरअप र हेमा गिरी सेकेन्ड रनरअप घोषित भएका छन्। त्यसैगरी, निकै प्रतिस्पर्धात्मक जुनियर विधामा खुसी तामाङ, निमिषा मगर र आशिका राई फस्ट रनरअप बन्दा समिना तामाङ, रुभानी गुरुङ र दिव्या गुरुङ सेकेन्ड रनरअप बन्न सफल भए।
उपाधि विजेताबाहेक अन्य विधामा पनि विद्यार्थीहरूले उत्कृष्ट अवार्ड हात पारेका छन्। जसमा ‘स्टुडेन्ट अफ द इयर’को अवार्ड जुनियरतर्फकी विजेता श्रीया घिसिङले नै हात पारेकी छन् भने ‘भर्सटायल डान्सर अवार्ड’ प्रिया तामाङले जितिन्।
त्यस्तै, निमिषा मगरले ‘मस्ट ट्यालेन्टेड’, सुजन श्रेष्ठले ‘मस्ट डिसिप्लिन’, दीपिका मगरले ‘मस्ट हेल्पफुल’ र एन्जल लामाले ‘ट्राइ माइ बेस्ट’ अवार्ड प्राप्त गरेका छन्। कोरियोग्राफीतर्फ बबिता मगर (जुनियर) र कृति सुनुवार (सिनियर) ले ‘बेस्ट कोरियोग्राफर’को अवार्ड जितेका छन्।
‘भर्सटायल डान्सिङ स्टार सिजन-३ तथा सम्मान कार्यक्रम २०८३’ नाम दिइएको उक्त कार्यक्रममा नृत्यबाहेक सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा ८३ वर्षीया सामाजिक कार्यकर्ता गंगा तामाङलाई ‘ज्येष्ठ नागरिक तथा सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूलाई निरन्तर साथ दिने बिमा गुरुङ र विनोद श्रेष्ठलाई ‘मिहिनेती तथा अनुशासित अभिभावक’को रूपमा सम्मान गरिएको थियो।
गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्यता तथा पूर्णबहादुर स्याङ्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘चलचित्र मेकर्स’का कार्यकारी हेड शंकर पाण्डे विशेष अतिथिका रूपमा उपस्थित थिए।
श्रीमा सुनुवारको संयोजनमा सम्पन्न कार्यक्रमको निर्णायक (जर्ज) को भूमिकामा शेखर घर्ती मगर र सनोज प्रजा रहेका थिए। कार्यक्रमको सञ्चालन चाहना राना मगर र योगेश लामाले गरेका थिए।
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु
-
चार दिने अविरल वर्षाले देशभर वितण्डा: सडक सञ्जाल विच्छेद, बस्ती डुबानमा