काठमाडौँ
त्रिशुली नदीमा रहेका पुलहरूमा क्षति पुगेर यातायात सम्पर्कविच्छेद बनेको नुवाकोटको त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ। सडक सुचारु भएसँगै त्यस क्षेत्रका नागरिकको सदरमुकामसँगको पहुँच पुनः स्थापित हुनुका साथै उद्धार र राहत सामग्री ढुवानीमा सहज भएको छ।
गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट नदीको दायाँ किनार हुँदै नयाँ मार्ग सञ्चालनमा ल्याइएको हो। सञ्चालनमा आएको सडक कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशुली बजारसम्म जोडिएको छ।
पुलमा भएको क्षतिका कारण प्रभावित बनेका नुवाकोटका हजारौँ नागरिकलाई यो वैकल्पिक सडक खुलेसँगै ठूलो राहत मिलेको छ। अब प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार, राहत वितरण र दैनिक अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”