काठमाडौँ। अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित वाल्चामा रहेको एप्सले आर्म्स होटल (Apsley Arms Hotel) मा आयोजित एक विशेष क्यान्डल लाइट, र्याफल तथा अक्सन (निलामी) कार्यक्रममार्फत नेपालका विनाशकारी बाढीपीडितहरूका लागि करिब २७ हजार अस्ट्रेलियन डलर (हालको विनिमय दरअनुसार करिब ३० लाख नेपाली रूपैयाँ) सहयोग रकम संकलन भएको छ। सानो ग्रामीण समुदाय वाल्चामा सम्पन्न यो कार्यक्रममा २५० भन्दा बढी मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेपालमा गएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्यहाँका प्रभावित परिवार तथा समुदायलाई सघाउने उद्देश्यले स्थानीय नेपालीहरूले सुरु गरेको यस अभियानमा वाल्चाको स्थानीय अस्ट्रेलियाली समुदायले अभूतपूर्व साथ दिँदै यसलाई एक ठूलो मानवीय अभियानमा परिणत गरिदिए।
कार्यक्रममा वाल्चा काउन्सिलका मेयर एरिक नोभाकास (Mayor Eric Novakas) ले नेपाली समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालमा परेको विपत्तिमा वाल्चा सरकार र स्थानीयवासी नेपालीहरूकै साथमा रहेको बताउनुभयो। उहाँले सम्पूर्ण स्थानीय समुदायलाई नेपाली समुदायको सहयोगका लागि आफ्नो क्षमताअनुसार योगदान गर्न आह्वान गर्नुभएपछि स्थानीय बासिन्दा, व्यवसायी तथा संघ-संस्थाहरू खुलेर सहयोगमा जुटेका थिए। कार्यक्रमको अक्सन र र्याफल सफल बनाउन वाल्चा कम्युनिटी, वाल्चा मेन्स शेड, अक्सले राइडर्स, रोटरी क्लब वाल्चा, लायन्स क्लब वाल्चा, निकोल आर्ट र ब्रायन स्मिथ टिम्बर ट्रान्सपोर्ट लगायतका विभिन्न स्थानीय व्यवसाय, संस्था तथा व्यक्तिहरूले उपहार तथा सामग्रीहरू उपलब्ध गराएर र सहभागीहरूले बोली लगाएर रकम बढाउन ठूलो योगदान पुर्याएका थिए।
यस अभियानलाई सफल बनाउन वाल्चा र वरपरका स्थानीय बासिन्दाका साथै तमवर्थ नेपाली कम्युनिटी (Tamworth Nepali Community) र आर्मिडेल नेपाली कम्युनिटी (Armidale Nepali Community) को पनि महत्त्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रमका आयोजक तथा एप्सले आर्म्स होटल वाल्चाका निर्देशक गणेश सेढाईंले सम्पूर्ण सहयोगीहरूप्रति भावुक हुँदै गहिरो आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा हाम्रा परिवार र देशवासी कठिन परिस्थितिमा रहेका बेला वाल्चा समुदायले देखाउनुभएको यो माया र सहयोग हाम्रो जीवनभर सम्झनामा रहनेछ। यो संकलित रकम केवल एउटा अंक वा रकम मात्र नभएर वाल्चा समुदायको माया, नेपाली समुदायको पीडा, स्थानीय व्यवसायीहरूको उदारता र हरेक सहयोगीको मानवताको प्रतीक हो।” संकलित यो रकम र क्यान्डल लाइटमार्फत दर्शाइएको सहानुभूतिले हजारौँ किलोमिटर टाढा भए पनि दुखमा साथ रहेको बलियो सन्देश नेपाल पुर्याएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि