काठमडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी १६ असोजमा हुने महाधिवेशनको उद्घाटन गर्न आग्रह गरेका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवालाई ‘पूर्वसभापति’ को हैसियतमा उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका हुन्।
थापाले कांग्रेसको विधानअनुसार देउवा अब पुनः सभापति बन्न नमिल्ने स्मरण गराउँदै, पूर्वसभापतिको रूपमा महाधिवेशन उद्घाटन गर्दा सम्पूर्ण पार्टी पंक्तिका लागि त्यो सम्मानको विषय हुने धारणा राखेका छन्।
कांग्रेसको महाधिवेशन असोज १६ गते काठमाडौंको खुलामञ्चमा प्रारम्भ हुँदैछ। यसअन्तर्गत असोज ३ र ४ गते वडा तहका अधिवेशनहरू सम्पन्न हुनेछन्। त्यसपछि क्रमशः नगर, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सञ्चालन हुने कार्यतालिका छ।
महामन्त्री थापाले अधिवेशनका क्रममा पार्टीभित्रका साथीहरूसँग थप छलफल गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने वातावरण निर्माण हुने विश्वास समेत व्यक्त गरेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”