काठमाडौं, २१ भदौ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएका २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। तीमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ भने २४ शव पहिचान गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको छ।
शिक्षण अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ५९ शव अझै अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले आवश्यक प्रक्रिया पूरा गरेपछि ती शवको पनि व्यवस्थापन गरिनेछ।
भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति भएपछि मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि शिक्षण अस्पताल ल्याइएको हो। पहिचान भएका शव सम्बन्धित परिवार तथा आफन्तलाई बुझाउने प्रक्रिया भइरहेको अस्पतालले जनाएको छ।
शवको संख्या बढ्दै गएपछि अस्पतालमा शव राख्ने स्थानको अभावसमेत देखिएको थियो। त्यसपछि शवको अस्थायी तथा वैकल्पिक व्यवस्थापनको प्रक्रिया अघि बढाइएको हो।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”