काठमाडौँ — भोटेकोशी लगायत देशका विभिन्न स्थानमा आएको बाढी र लेदोसहितको पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि केआईईसी (KIEC) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
केआईईसीको मुख्य कार्यालय तथा देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा संकलन गरिएको उक्त रकम कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।
बाढी-पहिरोपछि सिर्जना हुन सक्ने खाद्यान्न अभाव र सम्भावित रोगको महामारीलाई गम्भीर रूपमा लिँदै, केआईईसी परिवारले नगद सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा अन्य विभिन्न राहतका कार्यहरू पनि निरन्तर गरिरहेको जानकारी दिएको छ ।
यस विपद्को घडीमा मिलेर सामना गर्न र प्रभावित क्षेत्रमा राहत पुर्याउन केआईईसीले सम्पूर्ण व्यक्ति, व्यवसायी तथा संघ–संस्थाहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान समेत गरेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु
-
चार दिने अविरल वर्षाले देशभर वितण्डा: सडक सञ्जाल विच्छेद, बस्ती डुबानमा