काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न भागमा आएको बाढी र प्राकृतिक विपद्बाट प्रभावितहरूको राहतका लागि १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। विपद्को घडीमा मानवीय सेवालाई प्राथमिकता दिँदै इक्यानले भदौ १३ गते तय भएको आफ्नो ३०औं स्थापना दिवस (ECAN Day Celebration) को कार्यक्रमसमेत स्थगित गरेको छ।
इक्यानले आज मा जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उक्त राहत रकममध्ये इक्यान केन्द्रीय कोषबाट १० लाख १ हजार र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यो प्रारम्भिक सहयोग रकम सरकारमार्फत सञ्चालन हुने ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिने संस्थाले जनाएको छ। यसअघि यही भदौ १३ गते (२९ अगस्ट २०२६) काठमाडौंको होटल एभरेष्टमा वार्षिकोत्सव समारोह आयोजना हुने तय भएको थियो, जसलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।
रसुवा, नुवाकोट, गोरखा, चितवनलगायतका क्षेत्रमा विपद्ले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले उत्सवभन्दा उद्धार र राहतलाई प्राथमिकतामा राखेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “आज उत्सव स्थगित गरेका छौं, तर हाम्रो सामाजिक दायित्व स्थगित भएको छैन।”।
महासचिव भवनाथ हुमागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना सम्पूर्ण सदस्यहरू, शैक्षिक परामर्श व्यवसायी, विश्वविद्यालय तथा सम्पूर्ण सरोकारवालाहरूलाई राष्ट्रिय राहत अभियानमा स्वेच्छिक रूपमा हातेमालो गर्न हार्दिक अपील गरिएको छ। विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र बेपत्ता नागरिकहरू शीघ्र सम्पर्कमा आउने कामना गर्दै इक्यानले संकलित थप सहयोग रकमसमेत पारदर्शी रूपमा सरकारको सम्बन्धित निकायमार्फत हस्तान्तरण गरिने स्पष्ट पारेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता