काठमाडौँ — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, राहत व्यवस्थापन र जनधनको सुरक्षाका लागि सरकारले देशभरबाट करिब ८ हजार (७,९९२) प्रहरी परिचालन गरेको छ। विपद्पछिको बहुआयामिक समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश, प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश लगायतका विभिन्न युनिटहरू र प्रहरी अस्पतालबाट ठूलो संख्यामा जनशक्ति खटाइएको हो।
प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी प्रधान कार्यालयमा डीआईजीको नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ। यसका साथै, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ खडा गरी घाइतेको उपचार, स्वदेशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र लगत संकलन भइरहेको छ। दुर्गम तथा सञ्चार विच्छेद भएका स्थानमा खोजी कार्य प्रभावकारी बनाउन १२ वटा ड्रोन, ५ तालिमप्राप्त कुकुर, ७ वटा स्याटेलाइट फोन र शव पहिचानका लागि फरेन्सिक विज्ञसहितको टोलीसमेत खटाइएको छ।
यस त्रासदीपूर्ण अवस्थामा पनि लुटपाट र ठगीमा संलग्न हुनेहरूलाई प्रहरीले कडा निगरानीमा राखी पक्राउ गरेको छ। चितवनको नारायणी नदीले बगाएर ल्याएको शवबाट सुनको गहना लुट्ने दुई जना, धादिङको त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ फुटाएर ९२,६८,५०५ रुपैयाँ हिनामिना गर्ने २९ जना स्थानीय र बाढीपीडितको नाममा नक्कली फेसबुक पोस्ट बनाएर चन्दा उठाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाढी पहाडबाट तराईतर्फ झर्दै गर्दा थप क्षति हुन नदिन चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ प्रहरी परिचालन गरी सतर्कता बढाइएको छ। बगाएर ल्याएका अन्य बैंकका सेफहरू सुरक्षित राख्ने र निकाल्ने प्रयास पनि जारी छ। विपद्को यस संवेदनशील घडीमा नागरिकलाई संयमित रहन आग्रह गर्दै नेपाल प्रहरीले सुरक्षा र राहतमा कुनै कसर बाँकी नराख्ने जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करणलाई शुभकामना, विदेशी खेलाडीलाई स्वागत
-
बाढीको प्रभावका बाबजुद तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, असोजमै झण्डै ६ अर्ब आम्दानी