काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुन लागेको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई विशेष शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले केही वर्षको अन्तरालमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको भन्दै खुसी व्यक्त गरेका हुन्। उनले यस फ्रेन्चाइज लिगमा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत समेत गरेका छन्।
नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा स्थापित यस लिगको सफलताको कामना गर्दै प्रधानमन्त्री बालेनले आफ्नो सन्देशमा भनेका छन्, “नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) आजबाट सुरु हुँदैछ। केही वर्षको अन्तरालमै यो एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको छ। यस लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ।”
उनले यो सुन्दर प्रतियोगिता भव्य रूपमा सफल हुने विश्वास व्यक्त गर्दै क्यान र आयोजकलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्यमा “नेपाली क्रिकेटको जय होस्!” भन्दै क्रिकेटप्रतिको आफ्नो समर्थन र उत्साह प्रकट गरेका छन्। आजदेखि सुरु हुने यस संस्करणले नेपाली क्रिकेटलाई थप नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करणलाई शुभकामना, विदेशी खेलाडीलाई स्वागत
-
बाढीको प्रभावका बाबजुद तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, असोजमै झण्डै ६ अर्ब आम्दानी
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै