• आइतबार, ३१ साउन २०८३
  • प्रभु बैंकको कार्यबाहक सीइओमा निरज लम्साल नियुक्त

    प्रभु बैंकको कार्यबाहक सीइओमा निरज लम्साल नियुक्त

    सबलनेपाल संवाददाता
    मंसिर १४ २०८२, आइतबार

    काठमाडौ- प्रभु बैंकको संचालक बोर्डले प्रभु बैंकको कार्यबाहक सिईओको जिम्मेवारीमा निरज लम्साललाई नियुक्त गरेको छ।

    आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले सिइओ अशोक शेरचनसहित ३जनालाई अनुसन्धानको लागि पक्राउ गरेको छ।

    बैंकका सम्पूर्ण सेवा तथा कारोबारहरू देशभरका शाखाबाट नियमित, निर्वाध तथा प्रभावकारी रूपमा सञ्चालन भईरहेको बैंकको दाबी छ।

    विज्ञप्तिमा बैंकले अनुसन्धानका कारण ग्राहक सेवा, वित्तीय कारोबार, शेयरसम्बन्धी काम तथा अन्य बैंकिङ सेवामा कुनै पनि नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ। बैंकले ग्राहक, शेयरधनी तथा सरोकारवालाहरूलाई आवश्यक सहयोग र सहज सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको हो।
    प्रभु बैंकका सूचना अधिकारी रविन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा बैंकले भविष्यमा पनि पारदर्शी, जिम्मेवार र सुनिश्‍चित सेवा प्रवाहमा उच्च प्राथमिकता दिने उल्लेख छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij