• आइतबार, ३१ साउन २०८३
  • वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

    वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

    सबलनेपाल संवाददाता
    कार्तिक १० २०८२, सोमबार

    दमौली । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।

    सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार त्यसअवधिमा ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर बिक्री भएको छ । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।

    जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ४८५ वटा कबुलियती वन रहेको छ ।

    वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij