• आइतबार, ३१ साउन २०८३
  • ‘माग्ने राजा’ दोस्रो दिन पनि हाउसफुल, दर्शकको माया र उत्साहले हल भरियो !

    ‘माग्ने राजा’ दोस्रो दिन पनि हाउसफुल, दर्शकको माया र उत्साहले हल भरियो !

    दीपा रेग्मी
    भाद्र ७ २०८२, शनिबार

    काठमाडौं । देशभरका हलहरूमा प्रदर्शन भइरहेको ‘माग्ने राजा’ आज आफ्नो दोस्रो दिन पनि हाउसफुल बनेको छ। पहिलो दिनको उत्साहपछि दोस्रो दिन पनि दर्शकको भारी सहभागिता र सकारात्मक प्रतिक्रियाले फिल्मलाई देशकै चर्चित मुभी बनाएको छ।माग्ने राजा’ दोस्रो दिन पनि हाउसफुल, दर्शकको माया र उत्साहले हल भरियो !         
    निर्माण घोषणादेखि नै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’ ले अपेक्षाअनुरुप नै हलमा दर्शकको मन जितेको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक भए पनि, मध्यान्हपछि हल हाउसफुल बनेको थियो। यो लय शनिबार पनि जारी रह्यो, जहाँ बिहानैदेखि हरेक हलमा दर्शकको भीड भरिएको थियो।

    निर्देशक ऋषि लामिछाने चलचित्रको मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटी सहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेका छन् र दर्शकसँग साक्षात्कार गर्दै छन्। दर्शकहरूले सिनेमाले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन्।   

    निर्देशक ऋषि लामिछाने आफ्नो अनुभव सुनाउँदै भन्छन्,
    “हामीले फिल्म बनाउँदा केवल मनोरञ्जन मात्र होइन, दर्शकको हृदय छोइने कथा प्रस्तुत गर्न खोजेका थियौं। हलमा दर्शकलाई देख्दा हाँसो, आँसु र प्रतिक्रिया सबैलाई महसुस गर्दा यो अनुभव शब्दमा बयान गर्न कठिन छ। तपाईंहरूको माया हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो। हामीले तपाईंहरूको हृदयमा केही अमिट छाप छोड्ने प्रयास गरेका छौं।”हामीले फिल्म बनाउँदा केवल मनोरञ्जन मात्र होइन, दर्शकको हृदय छोइने कथा प्रस्तुत गर्न खोजेका थियौं। हलमा दर्शकलाई देख्दा हाँसो, आँसु र प्रतिक्रिया सबै महसुस गर्दा यो अनुभव शब्दमा बयान गर्न कठिन छ। यसै क्रममा म तपाईं सबैसँग आग्रह गर्न चाहन्छुयदि तपाईंले फिल्म हेर्नुभयो भने, सामाजिक सञ्जालमा तपाईंको अनुभव र प्रतिक्रिया जस्ताको तस्तै लेखिदिनुहोस्। तपाईंहरूको माया, सद्भाव र रिभ्युले हामीलाई अझ राम्रो कथा प्रस्तुत गर्न प्रेरित गर्नेछ।”               

    निर्माता मुनाल घिमिरे ले फिल्मको सन्देश र दर्शकलाई धन्यवाद दिन यसरी व्यक्त गरे, “यो केवल हाँसाउने फिल्म मात्र होइन, समाज, जीवन र वर्तमान राजनीतिक परिवेशलाई उजागर गर्ने प्रयास हो। तपाईंहरूले फिल्मलाई समर्थन गर्नु मात्र होइन, तपाईंहरूको प्रतिक्रिया र साथले हामीलाई अझ राम्रो काम गर्न प्रेरणा दिएको छ। हलसम्म पुगेर फिल्म हेर्नुभएकोमा हामी तपाईंहरूलाई मनदेखि धन्यवाद दिन्छौं।” अन्य दिनहरूमा पनि तपाईँहरूले यस्तै साथ र माया दिनुहुन्छ भने हामी आशावादी रहेका छौं।          ।              मुख्य पात्र केदार घिमिरे (माग्ने बुढा) ले दर्शकसँगको आफ्नो सम्बन्ध र खुशी यसरी सुनाए,“दर्शकको उत्साह, हाँसो र प्रतिक्रिया हेर्दा मेरो मेहनत सफल भएको महसुस हुन्छ। तपाईंहरूको माया र समर्थनले हामीलाई अझै उत्कृष्ट कथा प्रस्तुत गर्न प्रोत्साहित गरिरहेको छ। हलमा तपाईंहरूलाई भेटेर यो अनुभव अझै जीवन्त भएको छ।”

    दर्शकले हलमा फिल्म हेरेर मात्र नभई सामाजिक सञ्जालमा पनि उत्साहपूर्ण प्रतिक्रिया दिइरहेका छन्। हास्य र भावनाको मिश्रणले फिल्मको हरेक दृश्य दर्शकको मनमा बस्न सफल भएको छ।‘माग्ने राजा’ अहिले देशभरका सबै हलमा प्रदर्शन भइरहेको छ र हाउसफुल स्थिति कायम छ। निर्देशक,निर्माता,कलाकारले दर्शकको साथ र माया फिल्मको सबैभन्दा ठूलो सफलता भएको बताउँछन्। निर्माण पक्षले सिनेमामा दर्शकको प्रतिक्रिया यो अनुमान लगाएको छ कि “तीजको समय भएकाले महिला दर्शक अझै हलमा आउन पाएका छैनन्, तर तीजपछि परिवारसहित आउने दर्शकको संख्या बढ्ने विश्वास छ। हाम्रो फिल्म परिवारसहित हाँस्दै सोच्न मिल्ने खालको भएकोले पारिवारिक माहोल अझ मज्जाले अनुभव हुनेछ। हलमा दर्शकको प्रतिक्रिया र साथले हाम्रो प्रयास सफल भएको महसुस भएको छ।”

    फिल्मको दोस्रो दिन पनि हाउसफुल रहँदा, दर्शकको माया, उत्साह र सकारात्मक प्रतिक्रियाले फिल्मको सफलताको रङ थपेको छ। ‘माग्ने राजा’ केवल मनोरञ्जन मात्र नभई सोच्न बाध्य बनाउने कथा भएकोले युवा र परिवार दुवैका लागि हेरिनैपर्ने मुभी बनेको छ। निर्देशक, निर्माता र कलाकारले दर्शकको साथलाई आफ्नो सबैभन्दा ठूलो पुरस्कार ठानेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij