रूसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएका थिए भने ६७ ड्रोनहरू इलेक्ट्रोनिक रूपमा निष्क्रिय पारिएको थियो ।
ड्रोन आक्रमणका क्रममा डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोह्राड शहरमा एक व्यक्तिको ज्यान गएको छ भने १४ वर्षीया एक किशोरी घाइते भएकी छन् । यस्तै, ओडेसा र झिटोमिर क्षेत्रमा पनि आक्रमणका कारण दुई जना घाइते भएका छन् । खेरसोन शहरमा भएको रूसी हवाई आक्रमणमा थप चार जना नागरिक घाइते भएको जानकारी प्राप्त भएको छ ।
रूसको रक्षा मन्त्रालयले युक्रेनी सेनाबाट ब्रायान्स्क सीमा क्षेत्र र क्राइमिया क्षेत्रमा गरिएको ड्रोन आक्रमणलाई विफल तुल्याइएको दाबी गरेको छ । डोनेत्स्क क्षेत्रको होर्लिभका शहरमा युक्रेनी तोपखानाबाट भएको आक्रमणमा पाँच जना घाइते भएको रूसी मेयरले बताए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पुटिनले ‘युद्ध अन्त्य गर्ने चाहना राख्दैनन्’ भन्ने धारणा व्यक्त गर्नुभयो । उनले सामाजिक सञ्जालमा लेख्दै भने ‘पछिल्ला दिनहरूमा रूसी सेनाबाट नागरिक क्षेत्रमा प्रहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो ।’
भ्याटिकनमा आयोजित पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी भई स्वदेश फर्कंदै गर्दा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छोटो कुराकानी ग गरेका थिए। यो कुराकानी उनीहरूबीचको पछिल्लो समयको पहिलो प्रत्यक्ष भेटघाट हो ।
क्रेमलिनका एक वरिष्ठ अधिकारीले युक्रेन युद्धको समाधान दीर्घकालीन प्रक्रिया अन्तर्गत अघि बढ्ने बताउँदै वार्ता प्रक्रियामा गहिरो समय लाग्न सक्ने सङ्केत गरे उता राष्ट्रपति जेलेन्स्कीले रूस शान्तिका लागि प्रतिबद्ध नभई केवल युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाए ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि