काठमाडौँ – विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूलाई स्वदेशदेखि गन्तव्य मुलुकसम्म आवश्यक सहयोग र सुरक्षा प्रदान गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (ECAN) र गैरआवासीय नेपाली संघ (NRNA) बीच सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। बालुवाटारस्थित एनआरएनए केन्द्रीय कार्यालयमा दुवै संस्थाका अध्यक्षको उपस्थितिमा उक्त सम्झौता आदानप्रदान गरिएको हो।
यस सम्झौतासँगै “स्वदेशमा इक्यान, विदेशमा एनआरएनए” को अवधारणालाई प्रभावकारी रूपमा अघि बढाइनेछ। सम्झौताअनुसार विदेश जाने विद्यार्थीलाई स्वदेशमै आवश्यक परामर्श तथा प्रस्थानपूर्व अभिमुखीकरण दिइनेछ। गन्तव्य मुलुक पुगेपछि उनीहरूलाई एनआरएनएको विश्वव्यापी राष्ट्रिय समन्वय परिषद् (NCC) सञ्जालमार्फत आवास, रोजगारी, स्थानीय कानुन, स्वास्थ्य, मानसिक स्वास्थ्य तथा आपत्कालीन अवस्थामा आवश्यक सहजीकरण र अभिभावकीय सहयोग उपलब्ध गराइनेछ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले नयाँ देशमा विद्यार्थीले भोग्ने बसोबास, रोजगारी र नयाँ वातावरणमा समायोजनका चुनौतीलाई विदेश जानुअघि नै सही सूचना र तयारीमार्फत न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले विद्यार्थीलाई गन्तव्य मुलुकको शिक्षा प्रणाली र कानुनी व्यवस्थाबारे जानकारी दिन एनआरएनएको सञ्जालमार्फत सहयोग गरिने स्पष्ट पार्नुभयो।
त्यसैगरी, इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) ले यो सम्झौता दुई संस्थाबीचको सहकार्यको महत्त्वपूर्ण सुरुवात भएको उल्लेख गर्दै विद्यार्थीले विदेश पुगेपछि पनि अभिभावकीय सहयोग प्राप्त गर्न सक्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।
यस सहकार्यले शैक्षिक परामर्श क्षेत्रमा नैतिक र पारदर्शी अभ्यासको प्रवर्द्धन, विद्यार्थीको व्यक्तिगत सूचनाको संरक्षण तथा विदेशबाट प्राप्त ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन लक्ष्य राखेको छ।
हस्ताक्षर कार्यक्रममा इक्यानका प्रथम उपाध्यक्ष बासुदेव दाहाल, द्वितीय उपाध्यक्ष विकल्पराज पोखरेल, महासचिव भवनाथ हुमागाईं लगायतका पदाधिकारी र एनआरएनएका उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्कालगायत दुवै संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता