काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
भोलि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने उक्त मेलाका लागि अवलोकनकर्ताको सहजतालाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङ र दुई छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सम्पूर्ण तयारी पूरा भएको र २ सय ५ भन्दा बढी स्टल निर्माण भइसकेको जानकारी दिए। गत वर्षभन्दा फराकिलो र व्यवस्थित बनाइएको यस प्रदर्शनीमा ३५ चारपांग्रे ब्रान्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ बैंक तथा वित्तीय संस्था सहभागी छन्।
मेलाको प्रवेश शुल्क साधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ। उक्त रकम खल्ती एप (Khalti) वा आधिकारिक क्यूआर कोडमार्फत भुक्तानी गरी अग्रिम टिकट काट्न सकिने आयोजकले जनाएको छ। अवलोकनकर्ताको गाडी पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित ट्रान्जिट परिसरमा व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, र ‘मेड इन नेपाल’ लगायतका प्याभिलियन गरी पाँच ब्लकमा विभाजन गरिएको छ। ह्विलचेयरमैत्री बनाइएको मेलास्थलमा बत्ती, एसी र पंखाको पर्याप्त व्यवस्था गरिएको छ।
यसका साथै, मेलास्थलमा ट्राफिक व्यवस्थापन, सुरक्षा डेस्क, मिडिया डेस्क, क्याफेटेरिया, आकस्मिक सेवा उपलब्ध हुनुका साथै सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीसमेत जडान गरिएको नाडाले जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि