काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘स्वर्णजयन्ती विशेष नाइमा अटो शो २०२६’ सुरु भएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अटो शोको उद्घाटन गर्दै अटोमोबाइल क्षेत्रलाई प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गरी उद्योगको विकास, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्था र बजार माग कमजोर हुँदा व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताए। उनले आगामी १० वर्षपछि जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नहुने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना, स्पेयर पार्ट्स उत्पादन र रोजगारी सिर्जनामा जोड दिँदै नीतिगत स्थिरताको माग गरे।
यस्तै, नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुधिरकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा मात्र हेर्न नहुने बताए। यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी र राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान दिँदै आएको उल्लेख गर्दै उनले सवारीसाधनलाई विलासी वस्तुको रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारसँग आग्रह गरे। भन्सार र कर नीतिमा पटक-पटक हुने परिवर्तनले दीर्घकालीन योजना बनाउन कठिन भएको उनको भनाइ थियो।
अध्यक्ष उप्रेतीले भृकुटीमण्डपको साँघुरो संरचनाका कारण ट्रक, बस लगायतका हेभी इक्विपमेन्ट पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको गुनासो गरे। उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमा अघि सारिएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको योजना छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। साथै, नाइमाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नयाँ अवसरका रूपमा लिँदै स्वच्छ ऊर्जा, चार्जिङ पूर्वाधार र अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता