काठमाडौं ।
भृकुटीमण्डपमा जारी १६औं संस्करणको ‘नाडा अटो शो’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबार सार्वजनिक बिदाको दिन मात्रै करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।
मङ्गलबारदेखि सुरु भएको यस मेलाको पहिलो दिन करिब ३० हजारले अवलोकन गरेका थिए। तर, बुधबार र बिहीबार वर्षा र खराब मौसमका कारण दर्शकको सङ्ख्यामा कमी आएको थियो। शुक्रबारदेखि पुनः बढ्न थालेको दर्शकको चाप शनिबार उत्साहजनक देखिएको आयोजकले जनाएको छ। शनिबार बिदाको दिन भएकाले कर्पोरेट क्षेत्रका कर्मचारी र नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति थियो।
विद्युतीय सवारी (EV) मुख्य आकर्षण
मेलामा विशेषगरी नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरप्रति दर्शकको उच्च आकर्षण देखिएको छ। प्रदर्शनीमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन्। विद्युतीय गाडीहरूतर्फ टाटा पञ्च ईभी, बीवाईडी सिल, ओमोडा ई५, एमजी४, दीपल, सेरेस ३ र जिकर एक्स जस्ता ब्रान्डका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड छ। यस्तै, सुजुकी जिम्नी, हुन्डाई भेन्युजस्ता पेट्रोल गाडी र रोयल इन्फिल्ड, यामाहा लगायतका दुई पाङ्ग्रे सवारीमा पनि दर्शकको राम्रो आकर्षण देखिएको छ।
१२० भन्दा बढी स्टल र आकर्षक अफर
अटो शोमा २४ वटा चार पाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, १२ वटा कमर्सियल भेइकल र ३३ वटा स्पेयर पार्ट्सका ब्रान्डहरू सहभागी छन्। लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित कुल १२० भन्दा बढी स्टलहरू राखिएका छन्। नयाँ मोडलका सवारीमा कम्पनीहरूले ल्याएका आकर्षक छुट, एक्सचेन्ज बोनस र वित्तीय सुविधाले ग्राहकलाई थप आकर्षित गरेको छ। ३० लाखदेखि १.५ करोडसम्म मूल्यका सवारीसाधन उपलब्ध रहेको यो मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित