काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा कार्निभलको चौथो संस्करण’ सुरु गरेको छ। बिहीबारदेखि सुरु भएको यस मेलामा ग्राहकले कुनै पनि पुरानो गाडीको उचित मूल्यांकन गराई टाटाका नयाँ पन्च ईभी (Punch EV) र टियागो ईभी (Tiago EV) सँग साट्न सक्नेछन्। कम्पनीले नजिकिँदै गरेको नाडा अटो सोलाई लक्षित गर्दै भदौ ७ गतेसम्मका लागि यो एक्सचेन्ज अफर ल्याएको हो।
यस योजना अवधिभर टाटाका नयाँ गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले विशेष सुविधाहरूको घोषणा गरेको छ। बुकिङ गर्ने प्रत्येक ग्राहकले स्योरसट भाउचर, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसरिज र निःशुल्क होम चार्जर जडान लगायतका आकर्षक सुविधाहरू प्राप्त गर्नेछन्।
‘नाडा नेपाल ईभी एक्स्पो २०२४’ को अवसर पारेर सार्वजनिक गरिएका यी नयाँ ईभीहरूको मूल्य समेत निर्धारण गरिएको छ। कम्पनीका अनुसार नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
अत्याधुनिक ‘एक्टि.ईभी’ (acti.ev) आर्किटेक्चरमा आधारित नयाँ पन्च ईभीमा २५ kWh र ३५ kWh क्षमताका दुई ब्याट्री विकल्पहरू उपलब्ध छन्। एकपटकको फुल चार्जमा यसले ३१५ देखि ४२१ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। यस मोडलमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर लगायतका प्रिमियम सुविधाहरू समावेश गरिएका छन्।
त्यसैगरी, दैनिक आवतजावतलाई सहज बनाउन डिजाइन गरिएको नयाँ टियागो ईभीमा आकर्षक लुक्ससहित २४० लिटरको बुट स्पेस र अत्याधुनिक सुरक्षा प्रणालीहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि