• बिहिबार, १ असोज २०८३
  • आजबाट नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार सुरु

    आजबाट नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार सुरु

    सबलनेपाल संवाददाता
    चैत्र २६ २०८१, मंगलबार

    काठमाडाैं- नेपाल माइक्रो इन्स्योरेन्सको ३०२.४० रुपैयाँबाट शेयर कारोबार सुचारु भएको छ ।नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार उक्त कम्पनीको शेयर स्पेसल प्रि-ओपन सेसनमा म्याचिङ भएर कारोबार भएको हो । नेप्सेले पहिलो कारोबारको लागि १००८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो। आज प्रति कित्ता ३०२ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको छ।

    सो कम्पनीको ७५ लाख कित्ता शेयर शेयर गत बिहिबार नेप्सेमा सूचिकृत भएको थियो । गत बिहीबार नेप्सेमा कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो। हिजो सोमबार कम्पनीको शेयर कारोबार हुन सकेको थिएन । प्रि ओपन सेसनमा मूल्य म्याचिङ नहुँदा कारोबार हुन सकेको थिएन ।

    गत फागुनमा कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर कारोबार संकेत रहेको छ ।

    यस कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । जसको चितवन जिल्ला भरतपुर महानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij