पोखरा । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (SME) र उपभोक्ता वर्गलाई लक्षित गरी “SME & Consumer Banking HUB Gandaki” को स्थापना गरेको छ। उक्त केन्द्रको औपचारिक उद्घाटन बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा बोल्दै रानाले केन्द्रको स्थापनाले गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूलाई लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बैंकको यो पहलले उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँचको विस्तार, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
नवस्थापित केन्द्रबाट,व्यवसाय तथा परियोजना ऋण सुविधा,उपभोक्ता ऋण (घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य आदि,वित्तीय परामर्श सेवा,द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया सहज हुने जनाइएकाे छ ।
यस केन्द्रमार्फत विशेषगरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने आर्थिक सहयोग र परामर्श प्रदान गरिनेछ। उपभोक्ता वर्गका लागि पनि विभिन्न आवश्यकताहरूलाई मध्यनजर गर्दै आकर्षक ऋण योजनाहरू उपलब्ध गराइनेछ। कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापना वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र गण्डकी प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि