नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना गरेको छ। बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिमा आधारित बनाई वित्तीय सेवा विस्तार गर्न तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न यो केन्द्र स्थापना गरिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार, नयाँ प्रविधि तथा अवधारणाहरूलाई सहज बनाउने, नीति तथा नियमहरूबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त सुझाव संकलन गर्ने, नवप्रवर्तनकारी योजनाहरूको मूल्यांकन गर्ने र आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने यस केन्द्रको उद्देश्य रहेको छ।
यस केन्द्रको माध्यमबाट नियामक निकाय, सरकार तथा निजी क्षेत्रबीच समन्वय गरी नयाँ प्रविधिको विकासलाई प्रवर्द्धन गर्ने र नवप्रवर्तनलाई थप प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीलाई सुदृढ बनाउन तथा नवीन वित्तीय समाधानहरूलाई मार्गनिर्देशन दिन यो केन्द्र स्थापना गरेको जानकारी सार्वजनिक गरेको हो।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि