काठमाडौं ।सरकारले उपभोक्तामा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गर्न लागू गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर उपहार विजेताको टुंगो लागेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज एक कार्यक्रमबीच यस योजनाअन्तर्गत पहिलो बम्पर उपहार विजेताको प्रारम्भिक जानकारी सार्वजनिक गरेका हुन्।
अर्थमन्त्री वाग्लेका अनुसार, प्रणालीमार्फत छनोट भएको लक्की ड्रमा साउन ७ गते सामान खरिद गर्ने एक उपभोक्ताले यो बम्पर उपहार जितेका हुन्।
“बम्पर उपहार जित्ने व्यक्तिले साउन ७ गते सामान किनेको प्रारम्भिक विवरण हामीले प्राप्त गरेका छौं,” अर्थमन्त्री वाग्लेले भने, “कुपन प्रणालीबाट विजेता छनोट भइसकेको छ। अब यसभित्रका थप तथ्य र विजेताको आधिकारिक पहिचान आन्तरिक राजश्व विभागले सुक्ष्म रूपमा अनुसन्धान गरेर सार्वजनिक गर्नेछ।”
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत घोषणा भई साउन १ गतेदेखि लागू भएको यस कार्यक्रमको मुख्य उद्देश्य कर प्रणालीलाई पारदर्शी बनाउनु र राजश्व चुहावट रोक्नु हो। व्यक्तिगत प्रयोजनका लागि सय रुपैयाँभन्दा बढीको सामान खरिद गरी आधिकारिक भ्याट वा प्यान बिल लिने वा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरू स्वतः यो लक्की ड्र प्रणालीमा सहभागी हुने व्यवस्था सरकारले मिलाएको छ।
अर्थमन्त्री वाग्लेले यस कार्यक्रमले आम नागरिकलाई कर तिर्न प्रेरित गर्नुका साथै अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।
हाल कम्प्युटर प्रणालीले विजेताको कुपन नम्बर मात्र छनोट गरेको छ। साउन ७ गते खरिद गरिएको उक्त बिल कसको नाममा काटिएको थियो र वास्तविक खरिदकर्ता को हुन् भन्ने विवरण आन्तरिक राजश्व विभागले रुजु गरिरहेको छ।
विभागले विजेताको आधिकारिक पहिचान खुल्नेबित्तिकै औपचारिक रूपमा जानकारी गराएर पुरस्कार हस्तान्तरण गर्ने तयारी गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता उपहार योजनाहरू निरन्तर रहने भएकाले सम्पूर्ण उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक बिल लिन मन्त्रालयले आग्रह गरेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित