• बुधबार, ३१ भाद्र २०८३
  • नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

    नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

    सबलनेपाल संवाददाता
    साउन ११ २०८३, सोमबार

    काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै सोझै बैंक खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवामार्फत नागरिक एपमा आबद्ध नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाटै व्यक्तिगत बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ।

    १८ वर्ष वा सोभन्दा माथिका नागरिकले बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी वा दिइएको लिङ्क (https://nagarik.gibl.com.np) मार्फत खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।

    खाता खोल्दा ग्राहकको पूर्वसहमतिमा नागरिक एपमा रहेको विवरण बैंकले सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसबाट पटक-पटक व्यक्तिगत विवरण भरिरहनुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकको भनाइ छ। एपबाट खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न ग्राहकले भिडियो केवाईसी (V-KYC) वा नजिकैको शाखा कार्यालयमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

    सरकारी डिजिटल पूर्वाधारको प्रयोग गर्दै बैंकिङ सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउन यो कदम चालिएको बैंकले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij