काठमाडौं, – पोखरेली चेलीहरूको साझा चौतारीका रूपमा स्थापित पोखरेली दिदीबहिनी समूह काठमाडौंले आफ्नो २५औँ वार्षिकोत्सव रजत जयन्ती महोत्सव राजधानीमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा समाजसेवा, न्याय, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। रजत जयन्तीको अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्ती सिंह थापा, संस्थापक अध्यक्ष शारदा वैद्य, संस्थापक उपाध्यक्ष डा. विमला शाक्य, संस्थापक सदस्य जयन्ती मल्ल, निरन्तर कार्यसमितिमा सक्रिय इन्दिरा श्रेष्ठ, संस्थापक सल्लाहकार श्याम मान बज्राचार्य, बसन्त विजकुच्छे र बसन्त रञ्जित सम्मानित भएका थिए। 
समारोहका प्रमुख अतिथि वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठले दिदीबहिनी समूहले विगत २५ वर्षमा गरेका कामलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै , “विदेशी दाता वा संस्थागत सहयोग नलिई आफ्नै सदस्य र शुभेच्छुकको भरमा समाजमा योगदान गर्नु प्रशंसनीय छ। यस्तो उदाहरणले भविष्यका पुस्तालाई मार्गदर्शन गर्नेछ,” भनेर उल्लेख गरेका थिए। 
त्यस अवसरमा विशेष अतिथि पूर्वसभामुख तारानाथ राणाभाटले पनि संस्थाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै , “दिदीबहिनी समूहले पोखराको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कुनै दातृ निकायको सहयोग बिना सामाजिक कार्य निरन्तर गर्दै आउनु गर्वको विषय हो। यस्ता संस्थाले समाजलाई अझ धेरै योगदान दिन सक्छन्, त्यसैले यसको निरन्तरताले अझ उज्यालो भविष्य देखाउँछ,” भनेर भनाइ व्यक्त गरेका थिए। 
त्यस्तै सम्मानित व्यक्तिहरूले व्यक्तिहरूले आफूहरूलाई संस्थाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै, “यो सम्मानले हामीलाई अझ ठूलो जिम्मेवारीको अनुभव गराएको छ। भावी दिनमा अझ जिम्मेवारीपूर्वक योगदान गर्दै जानेछौँ,” भनेर प्रतिक्रिया दिएका थिए।
समूहका अध्यक्ष विष्णु थकालीले संस्थाले विगत २५ वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, क्यान्सरसम्बन्धी जनचेतना, जेष्ठ नागरिक सेवा र महिला सशक्तीकरणमा निरन्तर काम गर्दै आएको स्मरण गर्दै , “जन्मथलो पोखरामाथि सेवा पुर्याउने उद्देश्यले स्थापना भएको समूह अहिले आफ्नो सेवाको दायरा फराकिलो बनाउन सफल भएको छ। २५ वर्षको निरन्तर यात्रा आफैंमा एउटा ठूलो उपलब्धि हो,” भनेर धारणा राखेकी थिइन्।
रजत जयन्तीको अवसरमा “फेवा” नामक स्मारिकाको विमोचन पनि गरिएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले संस्थाले समाजमा पुर्याएको योगदानप्रति उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा व्यक्त गरेका थिए। 
समारोहमा काठमाडौँमा रहेका पोखरेली दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो