काठमाडौं – नायिका स्वस्तिमा खड्काले आफ्नो चलचित्र यात्राको १० वर्ष पूरा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पहिलोपटक पर्दामा देखिएको क्षणदेखि अहिलेको अनुभवसम्मको भावनात्मक यात्रा साझेदारी गरेकी हुन्।
स्वस्तिमाले लेखेकी छन्, “१० दिनअघि जस्तै लाग्छ । पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो । समयको सुइँ दौडिएर १० वर्षको किशोरी भइसकेछ । म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु ।”
उनले पछिल्ला वर्षहरूको समीक्षा गर्दै जीवनलाई धेरै पछाडि फर्केर हेर्ने बानी नभएको उल्लेख गरिन्। “फिल्मी यात्राले १० वर्षको खुड्किलो उक्लिएपछि भने एकपटक टक्क अडिएर फर्किन मन लाग्यो, फर्किएर हेर्दा आनन्द लाग्यो,” स्वस्तिमाले भनिन्।
सिनेमामा प्रवेश गर्दा केही नजानेर आएको र कामसँगै अग्रज कलाकार तथा निर्माताको मार्गदर्शनले आफूलाई धेरै सिकाएको स्वस्तिमाले स्मरण गरिन्। अहिले आफू ‘सिनेमाको वर्णमाला सिक्दै’ गरेको र यो ज्ञानले आगामी दशकमा अझ परिपक्व बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन्।
यसै सन्देशमा उनले दर्शक, समीक्षक र सहकर्मीप्रति आभार व्यक्त गरेकी छन्। “मलाई स्वीकार्नुभएकोमा धन्यवाद ! मलाई ‘नाइ’ भन्नुभएकोमा धन्यवाद ! ममा सन्देह गर्नुभएकोमा धन्यवाद ! म लड्दा उठाएर हिँडाइदिनुभएकोमा धन्यवाद ! र, मेरो सपनाको अंश बनिदिनुभएकोमा धन्यवाद !”
अन्त्यमा उनले प्रेम र उत्साहसहित आफ्नो यात्रालाई निरन्तरता दिने प्रतिज्ञा गर्दै आगामी दिनमा पनि दर्शकको माया सधैं साथ रहने विश्वास व्यक्त गरेकी छन्।
स्वस्तिमा खड्काले पहिलोपटक ‘Hostel Returns’ मार्फत पर्दामा प्रवेश गरेकी थिइन् र त्यसपछि ‘Chhakka Panja’, ‘BulBul’, ‘Cha Maya Chhapakkai’, ‘Chhakka Panja 4’ लगायतका सुपरहिट चलचित्र दिँदै नेपाली फिल्म उद्योगमा अग्रणी कलाकारको हैसियत बनाइसकेकी छिन्।
उनी अहिलेको समयकी एकदमै चर्चित र सशक्त अभिनेत्रीका रूपमा स्थापित भएकी छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि