काठमाडौं।थानकोट र नागढुंगा जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग सोमबार (साउन ११) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजनास्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत र दातृसंस्था जाइकाका अध्यक्षले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन्।
सुरुङमार्ग उद्घाटनसँगै आयोजनास्थलमा नयाँ सुनौलो रंगको शिलालेख अनावरण गरिएको छ। शिलालेखमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो’ भनी उनको नाम अभिलेखित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उद्घाटन कार्यक्रममा रुचि नदेखाएपछि मन्त्री बनेको चार महिनामै मन्त्री लम्साललाई यो ऐतिहासिक आयोजना उद्घाटन गर्ने अवसर मिलेको हो। आयोजनास्थलमा नेपाल र जापानको झण्डा अंकित अर्को शिलालेखसमेत राखिएको छ।
तथापि, सुरुङमार्गको उद्घाटनसँगै शिलान्यासकर्ताको अभिलेखलाई लिएर विवाद र चर्चा सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको परिसरमा ओलीको नाम उल्लेख भएको पुरानो शिलान्यास शिलालेख भने भेटिएको छैन। उक्त पुरानो शिलालेख निर्माणस्थलबाट हटाएर सडक विभागमा राखिएको र पछि ‘जेनजी आन्दोलन’ को क्रममा जलेर पुरिएको दाबी गरिएको छ।
ओलीको शिलालेख हराएको विषयमा समाचार सार्वजनिक भएपछि पूर्वाधारमन्त्री लम्सालले स्पष्टीकरण दिँदै हराएको शिलालेखको खोजी गरी यथाशीघ्र पुनर्स्थापना गरिने प्रतिबद्धता जनाएका छन्। नागढुंगा-नौबिसे सडकखण्डको ट्राफिक जामलाई व्यवस्थित गर्दै काठमाडौं प्रवेश गर्ने यात्रुहरूको यात्रा समय र इन्धन बचत गराउने लक्ष्यका साथ निर्माण गरिएको यो आयोजना जापानी प्राविधिक र वित्तीय सहयोगमा सम्पन्न भएको हो।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”