काठमाडौं।थानकोट र नागढुंगा जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग सोमबार (साउन ११) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजनास्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत र दातृसंस्था जाइकाका अध्यक्षले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन्।
सुरुङमार्ग उद्घाटनसँगै आयोजनास्थलमा नयाँ सुनौलो रंगको शिलालेख अनावरण गरिएको छ। शिलालेखमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो’ भनी उनको नाम अभिलेखित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उद्घाटन कार्यक्रममा रुचि नदेखाएपछि मन्त्री बनेको चार महिनामै मन्त्री लम्साललाई यो ऐतिहासिक आयोजना उद्घाटन गर्ने अवसर मिलेको हो। आयोजनास्थलमा नेपाल र जापानको झण्डा अंकित अर्को शिलालेखसमेत राखिएको छ।
तथापि, सुरुङमार्गको उद्घाटनसँगै शिलान्यासकर्ताको अभिलेखलाई लिएर विवाद र चर्चा सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको परिसरमा ओलीको नाम उल्लेख भएको पुरानो शिलान्यास शिलालेख भने भेटिएको छैन। उक्त पुरानो शिलालेख निर्माणस्थलबाट हटाएर सडक विभागमा राखिएको र पछि ‘जेनजी आन्दोलन’ को क्रममा जलेर पुरिएको दाबी गरिएको छ।
ओलीको शिलालेख हराएको विषयमा समाचार सार्वजनिक भएपछि पूर्वाधारमन्त्री लम्सालले स्पष्टीकरण दिँदै हराएको शिलालेखको खोजी गरी यथाशीघ्र पुनर्स्थापना गरिने प्रतिबद्धता जनाएका छन्। नागढुंगा-नौबिसे सडकखण्डको ट्राफिक जामलाई व्यवस्थित गर्दै काठमाडौं प्रवेश गर्ने यात्रुहरूको यात्रा समय र इन्धन बचत गराउने लक्ष्यका साथ निर्माण गरिएको यो आयोजना जापानी प्राविधिक र वित्तीय सहयोगमा सम्पन्न भएको हो।
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित