काठमाडौँ । नयाँ नियमावलीको विरोधमा आन्दोलनरत शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसायी र सरकारबीच बिहीबार सकारात्मक वार्ता भएको छ। व्यवसायीहरूको निरन्तरको दबाब र सडक प्रदर्शनपछि शिक्षा मन्त्रालय विवादित नियमावली पुनः अध्ययन गरी परिमार्जन गर्न सकारात्मक देखिएको हो।
बिहीबार शिक्षा मन्त्रालयमा शिक्षामन्त्री सस्मित पोखरेलसहितको उपस्थितिमा कन्सल्टेन्सी छाता सङ्गठनका प्रतिनिधिहरूसँग छलफल भएको थियो। छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले शैक्षिक परामर्शसम्बन्धी नियमावलीलाई पुनः अध्ययन गरी आवश्यक परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्।छलफलका क्रममा कन्सल्टेन्सी संस्थाका प्रतिनिधिहरूले नियमावलीका कतिपय अव्यावहारिक व्यवस्थाप्रति असहमति जनाएका थिए। उनीहरूले विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्श व्यवसायी सबैको हितलाई समेट्ने स्पष्ट, व्यावहारिक र सरोकारवालामैत्री नीति आवश्यक रहेको धारणा राखेका थिए। साथै, उनीहरूले शिक्षामन्त्री पोखरेललाई नियमावली परिमार्जन गर्दा सरोकारवालाको सुझावलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
व्यवसायीका गुनासा सुनेपछि उपनेता पराजुलीले नियमावलीका विभिन्न प्रावधानबारे प्राप्त सुझावलाई गम्भीर रूपमा अध्ययन गरी व्यावहारिक सुधार गरिने भन्दै व्यवसायीहरूलाई आश्वस्त पारेका छन्।
यसैगरी, शिक्षा मन्त्रालयले पनि नियमावली कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक पक्ष, कानुनी व्यवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर आगामी दिनमा आवश्यक निर्णय लिइने स्पष्ट पारेको छ।
स्मरण रहोस्, सरोकारवालालाई बाहिर राखेर ‘नियन्त्रणमुखी’ नियमावली ल्याएको भन्दै १४ वटा छाता सङ्गठनहरू हातमा कालोपट्टी बाँध्नेदेखि प्लेकार्ड बोकेर सडक प्रदर्शनसम्ममा उत्रिएका थिए। आज मन्त्रालयमा भएको यस वार्तापछि भने व्यवसायीका माग सम्बोधन हुने र आन्दोलनले निकास पाउने अपेक्षा गरिएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित