• शुक्रबार, २ असोज २०८३
  • प्रभु बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशमा SME तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

    प्रभु बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशमा SME तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

    सबलनेपाल संवाददाता
    चैत्र २४ २०८१, आइतबार

    पोखरा । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (SME) र उपभोक्ता वर्गलाई लक्षित गरी “SME & Consumer Banking HUB Gandaki” को स्थापना गरेको छ। उक्त केन्द्रको औपचारिक उद्घाटन बैंकका गण्डकी प्रदेश प्रमुख  राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

    उद्घाटन समारोहमा बोल्दै रानाले केन्द्रको स्थापनाले गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूलाई लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बैंकको यो पहलले उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँचको विस्तार, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

    नवस्थापित केन्द्रबाट,व्यवसाय तथा परियोजना ऋण सुविधा,उपभोक्ता ऋण (घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य आदि,वित्तीय परामर्श सेवा,द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया सहज हुने जनाइएकाे छ ।

    यस केन्द्रमार्फत विशेषगरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने आर्थिक सहयोग र परामर्श प्रदान गरिनेछ। उपभोक्ता वर्गका लागि पनि विभिन्न आवश्यकताहरूलाई मध्यनजर गर्दै आकर्षक ऋण योजनाहरू उपलब्ध गराइनेछ। कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापना वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र गण्डकी प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij