• बिहिबार, १ असोज २०८३
  • आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

    आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

    सबलनेपाल संवाददाता
    चैत्र १४ २०८१, बिहिबार

    डुम्रे –तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो । कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।

    तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij