काठमाडौं -चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रको सकारात्मक प्रदर्शनले समग्र आर्थिक वृद्धिमा योगदान गरेको हो।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, वित्तीय सेवा विस्तार, निर्जीवन बीमा प्रिमियम संकलन, कृषि अन्तर्गत पशुजन्य तथा तरकारी उत्पादन, व्यापार सेवा र पर्यटक आगमनमा वृद्धि हुँदा अर्थतन्त्र विस्तार भएको हो। औद्योगिक वर्गीकरणअनुसार सबै १८ क्षेत्र सकारात्मक वृद्धिदरमा देखिएका छन्।
यद्यपि, निर्माण सामग्री आयातमा कमी, धान उत्पादनमा गिरावट तथा केही घरेलु उद्योगको उत्पादन घट्दा अपेक्षित वृद्धिदरमा दबाब परेको तथ्यांकले देखाएको छ। सरकारले चालु आवमा करिब साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भए पनि दोस्रो त्रैमासको वृद्धिदर तुलनात्मक रूपमा कम देखिएको छ।
मौसमी प्रभाव समायोजन गर्दा भने पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा २.०४ प्रतिशतले अर्थतन्त्र विस्तार भएको छ। यस अवधिमा १८ मध्ये १६ क्षेत्रमा वृद्धि हुँदा निर्माण तथा खानी–उत्खनन क्षेत्रमा भने संकुचन आएको छ।
क्षेत्रगत रूपमा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च २२.७५ प्रतिशत वृद्धि देखिएको छ। वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत, यातायात तथा भण्डारणमा ९.६५ प्रतिशत, आवास तथा भोजन सेवामा ५.१८ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ४.११ प्रतिशत विस्तार भएको छ।
कृषि क्षेत्र, जसले अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ, सो क्षेत्रमा भने वृद्धिदर २.२१ प्रतिशतमा सीमित रहेको छ। धान उत्पादनमा आएको गिरावटले यस क्षेत्रमा असर परेको जनाइएको छ।
यसबीच पानी आपूर्ति, सार्वजनिक प्रशासन र शिक्षा क्षेत्रमा न्यून वृद्धिदरले समग्र आर्थिक विस्तारमा सीमित योगदान दिएको छ। आगामी दिनमा स्रोत व्यवस्थापन, उत्पादन वृद्धि र संरचनात्मक सुधारमार्फत अर्थतन्त्रलाई थप गति दिनुपर्ने चुनौती कायम रहेको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग