काठमाडौं, २४ चैत — नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष आयोजित कार्यक्रममा उनले शपथ ग्रहण गर्दै सोही दिनदेखि पदबहाली समेत गरेका हुन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक सेवा प्रवेश गरेका थिए। त्यसपछि उनी २०६८ मा उपनिर्देशक, २०७४ मा निर्देशक हुँदै १ फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए।
कार्यकारी निर्देशकको रूपमा उनले भुक्तानी प्रणाली विभाग तथा विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। यसका साथै उनले केही समय राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
दीर्घकालीन अनुभव र संस्थागत ज्ञानका आधारमा पण्डितको नियुक्तिले राष्ट्र बैंकको नीति निर्माण, मौद्रिक व्यवस्थापन तथा वित्तीय स्थायित्वमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
हालको आर्थिक चुनौती, वित्तीय अनुशासन कायम राख्ने आवश्यकता तथा अन्तर्राष्ट्रिय आर्थिक दबाबका बीच पण्डितले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ। विशेषगरी बैंकिङ प्रणालीको सुदृढीकरण, भुक्तानी प्रणालीको आधुनिकीकरण तथा विदेशी विनिमय व्यवस्थापनमा प्रभावकारी नेतृत्व प्रदान गर्नु उनका प्रमुख दायित्व हुनेछन्।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग