• बुधबार, ३१ भाद्र २०८३
  • यातायात व्यवसायीको चेतावनी: भाडा नबढे आफैं असुल्ने

    यातायात व्यवसायीको चेतावनी: भाडा नबढे आफैं असुल्ने

    सबलनेपाल संवाददाता
    चैत्र ११ २०८२, बुधबार

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सरकारले सार्वजनिक सवारीको भाडा नबढाए आफैं बढी भाडा असुल गर्ने चेतावनी दिएको छ।

    महासंघले बुधबार विज्ञप्ति जारी गर्दै भाडा समायोजनका लागि पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ। उनका अनुसार हाल व्यवसायीहरूले दैनिक ठूलो घाटा व्यहोर्दै सेवा सञ्चालन गरिरहेका छन्।

    यातायात व्यवस्था विभाग ले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले हालसम्म निर्णय नगरेको महासंघको गुनासो छ।

    महासंघका महासचिव डेकनाथ गौतम द्वारा जारी विज्ञप्तिमा भनिएको छ कि, यदि सरकारले छिटो भाडा समायोजन नगरे सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, वा व्यवसायीहरूले आफैं भाडा घोषणा गरेर लागू गर्न बाध्य हुनेछन्।

    यसैबीच, नेपाल आयल निगम ले चैत २ गतेदेखि डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएपछि व्यवसायीहरू भाडा बढाउन दबाब दिइरहेका छन्।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij